एएफसी यू-२० एसियन महिला कप छनोटमा नेपालकाे फितलो सुरुवात

Thankot Times

थानकोट ।

एएफसी यू-२० एसियन महिला कप छनोटमा नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ ।

बुधबार भुटानको थिम्पुस्थित चिम्लिङथाङ रंगशालामा दुवै टिमले एक–एक गोल गरेर बराबरी खेलेका हुन् ।

नेपालका निम्ति फरवार्ड सेनु परियारले पहिलो मिनेटमै अग्रता दिलाएकी थिइन् । तर, पहिलो हाफको मध्यभागमै नेपालले अग्रता गुमायो ।

१९औँ मिनेटमा केल्जिन वाङमोले भुटानको निम्ति बराबरी गोल फर्काएकी थिइन् ।

दोस्रो हाफमा दुवै टिमको गोलको अवसर पाए पनि सदुयोग गर्न सकेनन् ।

समूहमा नेपालसँगै दक्षिण कोरिया, भुटान र साउदी अरेबिया छन् ।

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आउँदो वर्ष आयोजना गरिने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

बुधबार नै समूह ‘ए’ अन्तर्गत दक्षिण कोरियाले साउदी अरेबियाविरुद्ध १५–० को फराकिलो जित निकालेको छ ।

नेपालले साउदी अरबसँग भोलि शुक्रबार र उत्तर कोरियासँग पर्सि आइतबार खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ