सानुमाया कराते विश्व च्याम्पियनसिपमा छनोट, प्रदर्शनका आधारमा प्रतियोगिता खेल्ने पहिलो नेपाली

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित धनबहादुर स्मृति प्रतिष्ठानकी प्रशिक्षार्थी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् ।

विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो ।

आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका सानुमाया छनोट भइन् । विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।

नेपाली कराते टोलीका काता प्रशिक्षक मन्डेकाजी श्रेष्ठ छन् ।

उनी १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता हुन् ।

गत मे महिनामा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् ।

छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप खेल्ने पाउने भएकी छिन्।

विश्व कराते महासंघले पठाएको पत्रका अनुसार नेपाल कराते महासंघले शनिवारसम्ममा विश्व च्याम्पियनसिपका लागि सानुमायाको नाम दर्ता गराइसक्नुपर्नेछ ।

हाम्रो खेलकुद बाट । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ