नेपाल तरुण दलको अधिवेशनका लागि चन्द्रागिरि नगरमा धर्मनन्द श्रेष्ठ र नविन महर्जन खटिने

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल तरुण दलको आसन्न पाँचाै महाधिवेशनका लागि काठमाडाैं जिल्लाका वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्न लागि प्रनिनिधि खटाइएको छ ।

बुधबार सो संघले काठमाडाैंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि छनोट गरेको जनाएको हो ।

अधिवेशनका लागि जिम्मेवारी पाएका प्रतिनिधिहरूले भदाै ७ गतेभित्र वडा अधिवेशन, भदाै १५ सम्म पालिका अधिवेशन र भदाै ३० सम्म प्रदेश निर्वाचन क्षेत्रमा र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नु पर्नेछ । 

ती अधिवेशका लागि समन्वय गर्न काठमाडाैं क्षेत्र नं. ९ मा अमृत मानन्धर, उद्धव खड्का, विश्वकर लामा र नविन महर्जनले जिम्मेवारी पाउँदा काठमाडाैं क्षेत्र नं. १० मा धर्मानन्द श्रेष्ठ, अष्टबहादुर महर्जन र बद्री कार्कीलाई जिम्मेवारी दिइएको अधिवेशन संयोजक कृष्ण जी खड्काले जानकारी दिए । 

क्षेत्र नं. १० को जिम्मेवारी पाएका श्रेष्ठ नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख का सभापति हुन भने महर्जन नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि सचिवको जिम्मेवारीमा छन् । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *