संसदीय समितिमा विद्यालय शिक्षा विधेयकका बारेमा छलफल हुँदै

Thankot Times

थानकोट ।

संघीय संसद अन्तर्गतका बिहीबार तीन वटा विषयगत समितिका बैठक बस्ने तालिका छ ।

संघीय संसद सचिवालय भवन सिंहदरबारमा ती बैठक बस्नेछन ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । यो बैठक दिनको २ बजे बस्नेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । यस बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ ।

साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गरिनेछ । यो बैठक बिहान ११ बजे सुरू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *