एएफसी यू-१७ एसियन महिला कप छनोटको ड्र सार्वजनिक, नेपाल समूह ‘एफ’मा
थानकोट ।
एएफसी यू-१७ एसियन महिला कप छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ ।
बिहीबार (साउन २२) एएफसीले आउँदो वर्ष चीनमा आयोजना गरिने यू–१७ एसियन महिला कपका निम्ति सार्वजनिक गरेको तालिकामा नेपाल समूह ‘एफ’मा परेको हो ।

समूहमा नेपालसँगै थाइल्यान्ड र तुर्कमेनिस्तान छन् ।
छनोट खेल आउँदो अक्टोबर १३ देखि १७ सम्म सञ्चालन हुनेछ ।
एएफसीले २७ राष्ट्रलाई सात समूहमा विभाजन गरी तालिका सार्वजनिक गरेको हो ।
प्रत्येक समूह विजेताले छनोटको अन्तिम चरणमा स्थान बनाउनेछन् ।
छनोट ‘सिंगल राउन्ड रोबिन प्रणली’मा सञ्चालन गरिनेछ ।
छनोटको अन्तिम चरणमा यसअघि नै दक्षिण कोरिया, जापान, उत्तर कोरिया र चीनले स्थान बनाइसकेका छन् ।
छनोटको अन्तिम चरण सन् २०२६ को अप्रिल ३० देखि मे १७ सम्म आयोजना हुनेछ ।













