एसियाली बक्सिङ च्याम्पियनसिपमा अर्पिल कास्य पदकमै सिमित

Thankot Times

थानकोट ।

एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु-२२ उमेर समूहमा नेपालका अर्पिल राना शनिबार कास्य पदक जितेका छन् ।

पुरुष ५० केजी तौल समूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसँग बुधबार ५-० ले पराजित भएपछि कास्यमा सीमित बनेका हुन् ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णका दाबेदार जापानी खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताएका छन् । ‘जापानका खेलाडी आफ्नो तौल समूहका स्वर्णका दाबेदार हुन् । अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ को प्रशिक्षणमा रहेका खेलाडी हुन् ।

मुख्य प्रशिक्षक दिपक महर्जनले उनलाई प्रशिक्षण दिइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ