फिफा वरियतामा नेपाली महिला टोलीकाे कीर्तिमान, १३ स्थान माथि उक्लियाे

Thankot Times

थानकोट ।

विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।

यसअघि एक सय औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औँ स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रूपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।

केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९-०, श्रीलंकालाई ८-० ले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३-३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४-२ ले पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ