बलम्बुबाट दुई जना युवा पक्राउ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एकजना युवा पक्राउ परेका छन् ।

अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १०  ग्राम सहित झापा घर भएका २९ वर्षीय महमद नसिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२ ख ०९४७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यता बलम्बुबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलोग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका मान बहादुर श्रेष्ठ र मकवानपुरका युवराज मोक्तान रहेका छन् ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *