पहिरोका कारण पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध, सडक खुलाउने प्रयास जारी
थानकोट ।
शुक्रबार बिहान सडकमाथिबाट खसेको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
धादिङको गजुरी गाउँपालिका ६ जरेखेतमा आज बिहान करिब सवा ६ बजे सडक माथिबाट पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
धादिङकै थाक्रे गाउँपालिका वडा नम्बर ७ काे सात किलो नजिकै पहिरो जाँदा राजमार्ग आंशिक रूपमा अवरुद्ध भएको छ।
अहिले मेसिनकाे साहायताले पहिरो पन्छाउने कार्य सुरू भएको खानिखाेला प्रहरीले बताएको छ।


















