राष्ट्रिय सभाको बैठक बस्दै,यस्ता छन सम्भावित कार्यसूची

Thankot Times

थानकोट ।

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

बैठक बिहान सवा ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओलीले “महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्ने सम्भावित कार्यसूची छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *