प्याब्सन काठमाडौं जिल्लाव्यापी फुटसल आजबाट, रिब्स र ब्राइट एञ्जल्स एकै समुहमा
थानकोट ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्लास्तरीय अन्तर-विद्यालय फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकाबाट १६ वटा टिम, गोकर्णेश्वरबाट ६ वटा टिम, तारकेश्वर र कागेश्वरी मनोहराबाट समान ४-४ टिम, नागार्जुन, चन्द्रागिरि, बुढानिलकण्ठ र टोखा नगरपालिकाबाट समान ३-३ टिम, कीर्तिपुर नगरपालिकाबाट २ टिम र शंखरापुर नगरपालिकाबाट १ टिम सहित जम्मा ४५ वटा टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा सहभागी विद्यालयहरूलाई १६ समुहमा विभाजन गरिएको छ । समुहमा शीर्ष स्थान हात पार्ने टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
चन्द्रागिरि नगरपालिकाबाट यस प्रतियोगितामा रिब्स मावि, बालतारा प्रतिष्ठान र ब्राइट एञ्जल्स स्कुलले सहभागीता जनाउँदै छन् ।
गत साता सम्पन्न चन्द्रागिरि प्याब्सन छात्र फुटबल प्रतियोगितामा शीर्ष ३ स्थान हात पारेको आधारमा यी तीन विद्यायलले चन्द्रागिरि नगरको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।
प्रतियोगिता सुकेधारास्थित बागमती बोर्डिङ स्कुलको एरिनामा सञ्चालन हुनेछ ।
चन्द्रागिरिका रिब्स र ब्राइट एञ्जल्स न्यू इरा स्कुलसँगै समुह इ मा परेका छन् भने बालतारा समुह एच मा परेको छ जहाँ उसले शुभकामना एकेडेमीको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार रिब्स र न्यू इरा स्कुलबीच बिहान १० बजे खेल हुनेछ । यस्तै, ब्राइट एञ्जल्स र रिब्स बिहान १०ः४० मा भिड्नेछन् ।
ब्राइट एञ्जल्स र न्यू इरा बिहान ११ः२० बजे आमुने सामुने हुँदा मध्यान्ह १२ः२० बजे शुभकामना एकेडेमी र बालतारा प्रतिष्ठानबीच खेल हुनेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार २१ वटा खेल हुनेछ भने भोलि शनिबार पनि समान २१ खेल हुने तालिका रहेको छ । दोश्रो चरणका र सो पछिका खेलहरू आइतबार हुनेछन् ।
साउन २५ गतेसम्म जारी रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद रू. २५ हजार, द्वितीय १५ हजार र तृतीय हुने टिमले १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतिकात्मक तस्बिर













