प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
थानकोट ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन गत सोमबार तुर्कमेनिस्तान पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।
स्थानीय समयअनुसार शुक्रबार बिहानै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधामन्त्रीसहितको टोली दुबई प्रस्थान गरेको छ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा तुर्कमेनिस्तानका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः०५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
तस्बिरः प्रधानमन्त्रीको सचिवालय













