नेपालमा सुनको मूल्य नयाँ बिन्दुमा, आज एक तोला सुन किन्न करिब २ लाख रुपैयाँ गन्नुपर्ने

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको करिब २ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज शुक्रबार तोलामा एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।

हिजो बिहीबार तोलाको २ हजार ३ सय १५ रुपैयाँ कायम भएकोमा आज शुक्रशार २ हजार ३ सय २५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

नेपाली बजारमा सुनको मूल्य यो हालसम्मकै उच्च हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *