एएफसी यु-२० महिला एशियन कप छनोटः आज नेपाल र साउदी अरबबीच खेल हुँदै
थानकोट ।
भुटानमा जारी एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा आज नेपाल र साउदी अरब खेल्दै छन् ।
खेल चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।
पहिलो खेलमा नेपालले अस्ति घरेलु टोली भुटानसँग १–१ को बराबरी खेल्यो ।
लगभग छनोटको सम्भावना समाप्त भइसकेको नेपाल अहिले दबावमा छ ।
सिङ्गल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपको लागि छनोट हुनेछ ।
त्यसैले साउदी अरब र उत्तर कोरिया अझै बलियो टोली भएकोले नेपाललाई कडा मिहिनेतको आवश्यक छ । समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने छ ।













