बलम्बुमा तास खेलिरहेका ५ जना पक्राउ

Thankot Times

थानकोट ।

बलम्बुमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।​

चन्द्रागिरि नगरपालिका- १२ बलम्बुस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रेशम थापासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

साे सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *