वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने थानकोटकी महिलासहित चार जना पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका–७ बस्ने तनहुँ भानु नगरपालिका–११ घर भएका ५५ वर्षीय योगराज गुरुङ, काठमाडौँ थानकोट बस्ने सर्लाही लालबन्दी नगरपालिका–४ घर भएकी ३८ वर्षीया खेमकुमारी श्रेष्ठ मानन्धर, काठमाडौँ टोखा नगरपालिका–७ बस्ने बागलुङ जैमिनी नगरपालिका–८ घर भएका ५२ वर्षीय रामचन्द्र शर्मा र ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने सुनसरी धरान उपमहानगरपालिका–११ घर भएका ६२ वर्षीय राजु मगर रहेका छन् । 

पक्राउ मध्ये योगराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ, खेम कुमारीले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख रुपैयाँ, रामचन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३५ हजार रुपैयाँ र राजुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगराजलाई टोखा नगरपालिका–९ बाट, खेमकुमारीलाई काठमाडौँ महानगरपालिका–९ बाट र रामचन्द्रलाई काठमाडौँ टोखा नगरपालिकाबाट बुधबार तथा राजुलाई ललितपुर महानगरपालिका–१४ बाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *