नेकपा एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी भदौ ८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

पार्टीभित्रको वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ । केन्द्रीय महाधिवेशनले पारित गरेका कार्यभार तथा योजना कार्यान्वयन भए/नभएको मूल्याङ्कन गरिने उनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *