बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभाको साउन २७ गते दिउँसो ४ बजे बस्ने बैठकमा विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न आवश्यक व्यवस्था मिलाइदिन भनी प्रदेश सभा सचिवालयमा शुक्रबार सूचना दर्ता गराएको प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

उनले प्रदेश सभाका ११० सदस्यलाई साउन २७ गते बस्ने बैठकमा उपस्थित हुन सूचना पठाइसकिएको पनि उल्लेख गरे । गत साउन १८ गतेदेखि लागु हुनेगरी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई राजीनामा पेश गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँलाई प्रदेश सभाको बहुमत ६४ सदस्यको समर्थन प्राप्त गरी गत साउन २० गते प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गरी उनकै अध्यक्षतामा नौ सदस्य मन्त्रिपरिषद् गठन गरिएको थियो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट मुख्यमन्त्रीमा बानियाँ नियुक्त भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *