प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक भनेका छन् भने रक्षाबन्धनलाई आत्मीय सम्बन्ध बलियो बनाउने पर्वका रूपमा उल्लेख गरेका छन्।

आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर नव यज्ञोपवीत धारण र रक्षाबन्धन बाँधेर पर्व मनाइँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *