गाईजात्राकाे पूर्वसन्ध्यामा थानकोटमा गणेश पूजा (फोटो फिचर)

Thankot Times

थानकोट ।

काठमाडाैंका प्राचीन नेवाः बस्तीहरू मध्येको एक थानकोटमा गाईजात्रा पर्वको अघिल्लो दिन (क्वाति पुन्हिका दिन) वर्षेनी गरिने गणेश पूजा सम्पन्न भएको छ ।

स्थानीय कोतघर पूजा गुठीले गणेशको मूर्तिमा शनिबार विधिवत् पूजा गरेका हुन् ।

पूजा गुठी समितिले पूजा गरेपछि गणेशको मूर्ति थानकोट गाउँ घुमाउने परम्परा अनुसार सोमबार गाउँ परिक्रमा गराई मूर्ति यथास्थानमा विराजमान गराइएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नंं ४ थानकोटका वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए ।

हिन्दू सभ्यतामा कुनै शुभकार्यको सुरूवात अघि गणेश भगवानको पूजा गर्ने चलन रहि आएको छ ।

गाईजात्राका दिन थानकोटमा गाईजात्राका अतिरिक्त स्थानीय सिलाफल पोखरीमा राँगोको टाउको डुबाउने जात्रा धुमधामका साथ मनाउने गरिन्छ ।

दिवंगत प्रियजनहरको सम्झनामा भोलि आइतबार गाईजात्रा पर्व मनाइँदैछ ।

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ