प्याब्सन काठमाडौं छात्र फुटसलः समुह चरणका खेल सकिए, रिब्ससहित १६ विद्यालय दोश्रो चरणमा

Thankot Times

थानकोट ।

काठमाडौंमा जारी प्याब्सन जिल्लास्तरीय अन्तर-विद्यालय फुटसल प्रतियोगिता अन्तर्गत समुह चरणका खेल सकिएका छन् ।

शनिबार २१ वटा खेल सकिएसँगै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ ।

प्रतियोगितामा काठमाडौं महानगरपालिकाबाट १६ वटा टिम, गोकर्णेश्वरबाट ६ वटा टिम, तारकेश्वर र कागेश्वरी मनोहराबाट समान ४-४ टिम, नागार्जुन, चन्द्रागिरि, बुढानिलकण्ठ र टोखा नगरपालिकाबाट समान ३-३ टिम, कीर्तिपुर नगरपालिकाबाट २ टिम र शंखरापुर नगरपालिकाबाट १ टिम सहित जम्मा ४५ वटा टिम सहभागी थिए ।

प्रतियोगितामा सहभागी विद्यालयहरूलाई १६ समुहमा विभाजन गरिएकोमा हरेक समुहमा शीर्ष स्थानमा रहेका टोली अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकाबाट यस प्रतियोगितामा रिब्स मावि, बालतारा प्रतिष्ठान र ब्राइट एञ्जल्स स्कुलले सहभागीता जनाएकोमा रिब्सले मात्रै अघिल्लो चरणको टिकट काट्न सक्यो ।

रिब्सले समुह चरणको खेलमा ब्राइट एञ्जल्सको चुनाैती ३-० ले पन्छाएको थियो भने न्यू इरासँग २-२ को बराबरीमा खेल सकाएको थियो ।

बालतारा भने शुभकामना एकेडेमीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

सुकेधारास्थित बागमती बोर्डिङ स्कुलको एरिनामा जारी प्रतियोगितामा आइतबार प्रि-क्वाटरफाइनलदेखि उपाधि छिनोफानो सम्मका खेल हुनेछन् ।

बिहान ९ बजेबाट प्रि-क्वाटरफाइनल खेल सुरु हुने तालिका छ जहाँ स्प्रीङ भ्याली एकेडेमी र ज्ञानमन्दिर स्कुल खेल्नेछन् ।

पीस पोइन्ट स्कुल र ब्रम्हकुञ्ज शिक्षा सदन ९ः२० बजे भिड्नेछन् ।

यस्तै, रिब्सले बिहान ९ः४० बजे स्वेता सदनको सामना गर्दा बालविकास स्कुलले बिहान १० बजे शुभकामना एकेडेमीलाई चुनाैती पेश गर्नेछ ।

प्रि-क्वाटरफाइनलमै बिहान १०ः२० बजे सन्दिपनी ज्ञान मन्दिरले ह्वाइट हेभन एकेडेमीसँग खेल्नेछ । यस्तै, नोबल एकेडेमी र मनासलु बिहान १०ः४० बजे प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

बिहान ११ बजे एकलभ्य शिक्षा सदनले कुशल स्कुलको समना गर्दा अन्तिम प्रि-क्वाटर फाइनलमा बिहान ११ः२० बजे एक्टीभ एकेडेमी र गोकर्णेश्वर लाइन एकेडेमीबीच खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रू. २५ हजार, द्वितीय १५ हजार र तृतीय हुने टिमले १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *