नागढुङ्गा नाकाबाट समातिए ४० वर्षीय पुरुष
थानकोट ।
काठमाडौंस्थित चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट, नाइट्राभेट १५ हजार ट्याब्लेट, नोर्फिन ७ सय ७० एम्पुल, फेनारगन ७ सय ३० एम्पुल र डाइजेपाम ७ सय ३० एम्पुलसहित भारत सितामणी बस्ने ४० वर्षीय इम्तीयाज राइन खान शनिबार बिहान पक्राउ परेका हुन् ।
जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६८७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।












