राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको चन्द्रागिरि नगर अध्यक्षमा सुरेन्द्र देसार चयन

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला क्षेत्र नम्बर ९ को अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा इन्जिनियर अमृत सापकोटालाई चयन गरेको छ । 

गुर्जुधारामा सम्पन्न अधिवेशनले सापकोटालाई निर्वाचन क्षेत्र नं. ९ का लागि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्ष पदमा निर्वाचित गरेको राप्रपा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।

काठमाडौँ ९ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन्।

यता राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला क्षेत्र नम्बर १० ख को अध्यक्षमा रचित केसी निर्वाचित भएका छन् ।

यस्तै संगठनको चन्द्रागिरि नगर अध्यक्षमा सुरेन्द्र देसार चयन भएको राप्रपा चन्द्रागिरि नगर अध्यक्ष रञ्जनकुमार गिरीले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *