एएफसी यु-२० महिला एसियन कप छनोटः नेपाल र उत्तर कोरियाबीच आज खेल हुँदै
थानकोट ।
एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेलेको नेपालले दोश्रो खेलमा साउदी अरेबियासँग १-० को संघर्षपूर्ण जित हात पारेको थियो ।

नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्न लागेको हो ।
उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–१ गोलले पराजित गरेको थियो ।
नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको दोश्रो स्थानमा छ। उत्तर कोरिया ६ अंक फराकिलो गोल अन्तरसहित शीर्ष स्थानमा छ । आजको खेल बराबरीमा सकिएपनि उत्तरकोरिया एसियन कपमा छनाैट हुनेछ भने नेपाललाई एसियन कपमा छनाैट हुन आजको खेल जित्नैपर्ने दबाब छ ।













