आज बजारमा सुनको भाउ कति छ ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आज आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ ।

शुक्रबार तोलामा २ हजार ३ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *