नेपाली क्रिकेटरले लगाउने जर्सीमा नयाँ प्रायोजक

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजकमा ब्रोकर कम्पनी नासा सेक्युरिटीज आएको छ ‌।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नासालाई मुख्य जर्सी प्रायोजकको रूपमा सार्वजनिक गरेको हो ।

क्यानका सचिव पारस खड्काले जर्सी प्रायोजकमा नासासँग तीन वर्षको सम्झौता भएको जनाए । यस्तै, खड्काले सम्झौताअनुसार क्यानलाई वार्षिक रूपमा दुई करोड ३६ लाख रुपैयाँ प्रदान गर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ