सरकारले मल आपूर्तिमा विशेष ध्यान दिएको छ- प्रधानमन्त्री केपी शर्मा ओली
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यसहित सरकारले मल आपूर्तिमा विशेष ध्यान दिएको बताएका छन् ।
ओलीले लेखेका छन् ‘यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ। कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ।’
मन्त्रालयको विवरणअनुसार कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। जसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी ७ हजार ६५३ मेट्रिक टन र पोटास ४ हजार ९१५ मेट्रिक टन छ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ। जसमा युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १ हजार ७८५ मेट्रिक टन रहेको छ।


















