माबिलुङ इनर्जीको आईपीओ खुला, साउन २९ गतेसम्म आवेदन दिन सकिने
थानकोट ।
माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ)का लागि बिक्री खुला गरेको छ ।
कम्पनीले प्रति कित्ता अंकितमूल्य १०० रुपैयाँका १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ निष्कासन गरेको हो ।
साउन २६ गते (आज) देखि छिटोमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस अवधिमा मागअनुसार आवेदन नपरे ढिलोमा भदौ ९ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलले जनाएको छ ।
पछिल्लो समय छोटो अवधिमा नै आईपीओमा मागभन्दा बढी आवेदन पर्ने गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।












