मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्।

आजको बैठकमा केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ।

बैठकले सहसचिवहरूको सरुवा सम्बन्धी निर्णय गर्न सक्नेछ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा पनि सरुवाको विषयमा निर्णय भएको थियो। 

तर, प्रधानमन्त्री ओली देशबाहिर रहेका कारण अन्तिम सूची पेश गर्न नसक्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ