नेपाली जुनियर ब्याडमिन्टन टोली भुटान जाँदै

Thankot Times

थानकोट ।

जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गर्दै छ ।

यही अगष्ट १५ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट तीन फरक उमेर समूहका १२ खेलाडी सहभागी हुने छन् ।

यू–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् ।

यू–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदिप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्ने छन् । यू–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

तस्बिरः राखेप


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ