भारतको उत्तराखण्डको बाढीमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
थानकोट ।
भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ ।
भातरस्थित नेपाली दूतावासले नेपालीको नाम सार्वजनिक गरेको छ ।
जसमा २६ नेपाली छन् ।
दूतावासले उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ नेपाली हराइरहेको सूची सार्वजनिक गरेको छ ।
उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट आएको बाढी र पहिरोमा परेर नेपालीहरू हराइरहेका दूतावासले जनाएको छ ।



















