तोलाको २ लाख रुपैयाँ छुनै लागेको सुनको भाउ ओरालो लाग्ने क्रम जारी
थानकोट ।
कारोबार हुने यस साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार तोलामा १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।
हिजो सोमबार तोलामा २ हजार ३ सय १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा २ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ ।














