बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ र पूर्वमुख्यमन्त्री लामा पक्षबीच सहमति जुट्न नसकेपछि….
थानकोट ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
उनले विश्वासको मत लिने प्रायोजनका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
यद्यपि, मुख्यमन्त्री बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाबीच सहमति जुटेको छैन् ।
बानियाँले कांग्रेस संसदीय दलको नेतामा चयन हुने क्रममा लामाले मन्त्री बनाएर सपथ ग्रहण गर्न नपाएका तीन जनालाई मन्त्री बनाउने सहमति भएको थियो । तर, मुख्यमन्त्री बानियाँले ती तीन जनालाई मन्त्री नबनाएपछि विवाद उत्पन्न भएको छ ।
उक्त विवाद मुख्यमन्त्री बानियाँको विश्वासको मतमा प्रभाव पर्ने देखिएको छ ।
लामा पक्षले तीन जनालाई मन्त्रीमा नियुक्त नगरेसम्म बानियाँलाई विश्वासको मत नदिने अडान लिएको छ ।
बानियाँ तीनमध्ये एक जनालाई मन्त्री बनाउन तयार भएका छन् ।
उक्त विवाद नमिल्दा मुख्यमन्त्री बानियाँले आज लिने भनिएको विश्वासको मत कार्यक्रम अनिश्चितजस्तै बनेको छ ।
आज दिउँसोसम्म लामा पक्ष र बानियाँबीच सहमति नभए विश्वासको मत लिने प्रायोजनका लागि बोलाइएको प्रदेश सभा बैठक सर्ने सम्भावना रहेको छ ।
फाइल तस्बिर













