रसायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसँग छलफल गर्दै

Thankot Times

थानकोट।

प्रधानमन्त्री केपी शर्मा ओलीले रसायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकास मन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै छन् ।

प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषि मन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा डाकेका छन् ।

किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषि मन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *