दैलेखमा भेटिएको मिथेन ग्यासको व्यवसायीकरणमा स्वामित्व लिन कर्मचारी युनियनको आग्रह

Thankot Times

थानकोट ।

दैलेखमा भेटिएको प्राकृतिक मिथेन ग्यास उत्खनन र व्यवसायीकरणमा स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह गरिएको छ।

निगम अन्तर्गतको स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई मंगलबार ७ बुँदे ज्ञापनपत्र बुझाएर निगमबाटै ग्यास उत्खनन र बजारीकरणको सुनिश्चितता गर्न आग्रह गरेका हुन्।

युनियनका अध्यक्ष विकास बखतीको नेतृत्वमा कर्मचारीहरूले यस्तो आग्रह गरेका हुन्।

‘निगमको स्वामित्वमा स्वदेशी लगानी र प्रविधि एवम् आवश्यकताअनुसार रणनीतिक साझेदार वा निगमकै सहायक कम्पनीमार्फत दैलेखको ग्यास उत्खनन र बजारीकरण सुनिश्चित गर्न पहल गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मिथेन ग्यासको प्रयोगका क्षेत्रहरू पहिचान गरी सोही बमोजिम बजार रणनीति तय गर्न तत्काल अध्ययन गर्न समिति गठन गरेर अगाडि बढ्नुपर्छ।’

प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको छ । त्यस क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास भण्डारण हुने प्रक्षेपण गरिएको छ।

ज्ञापन पत्र हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *