नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि आह्वान खुला

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक पक्षहरूबाट प्रस्ताव माग गरेको छ ।

क्यानले प्रकाशित गरेको सूचनाअनुसार प्रायोजनका लागि वार्षिक न्यूनतम ६० लाख रुपैयाँको प्रस्ताव आवश्यक हुनेछ । तीन वर्षको अवधिका लागि हुने यो प्रायोजन सम्झौता आपसी सहमतिमा थप बढाउन सकिनेछ ।

प्रायोजक ब्रान्डको लोगो नेपाल महिला क्रिकेट टिमको जर्सीको अगाडिको भागमा राखिने व्यवस्था छ ।

आगामी १३ भदौसम्म प्रस्ताव पेस गर्न सकिने क्यानको पत्रमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ