निवास र कार्यालयको खर्च ५० प्रतिशत कटौती गर्ने बागमतीका मुख्यमन्त्री बानियाँको घोषणा

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा बापतको खर्च ५० प्रतिशतले कटौती गर्ने बताएका छन् । उनले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा तथा बन्दोवस्ती बापतको खर्च ५० प्रतिशत कटौती गर्ने बताएका हुन् ।

बुधबार बसेको प्रदेश सभाको विशेष समयपछि समय माग गरेर सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरुले गर्दै आएको खर्चलाई ५० प्रतिशत कटौती गर्ने बताए । आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहीता सहित काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा सुविधा बापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाइने छ । आगामी दशैँ अगाडि नै आफ्नो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख)का विपन्न नागरिकको घर आवास निर्माण गर्ने उनले घोषणा गरे ।

‘जनमुखी, सेवामुखी, न्यायमुखी आयमुखी र विकासमुखी सरकारको तर्फ अगाडि बढ्ने मेरो यात्रा निरन्तर रहने छ । त्यसको प्रक्रिया हामीले पहिलो क्याबिनेटबाटै सुरु गरिसकेको छौँ’ उनले भने, ‘मैले मुख्यमन्त्रीको हैसियतले पाउने मासिक सुविधाबाट मलाई निर्वाचन जिताउने निर्वाचित गर्ने प्रदेश क्षेत्रका ३० वटा वडाध्यक्षको सबैभन्दा विपन्न गरिबको घर दसैँ अगावै बनाइसक्ने छु । गरिबमुखी काम दसैँ अगाडी नै घर हस्तान्तरण गरेर त्यहाँबाट सुरु गर्नेछु ।’

मुख्यमन्त्री बानियाँका अनुसार आफ्नो पहिलो क्याबिनेटले गरिब विपन्न वर्ग लक्षित छात्रवृत्ति वितरणको निर्णय गरिएको छ । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएर निराशा बनेका सीमान्तकृत जातजाति वनकरिया, थामी, चेपाङ, जिरेल, पहरी लगायतका प्रदेशभित्रका पछाडि परेका वर्गलाई सरकारले अध्ययन छात्रवृत्ति वितरण गर्ने उनको भनाइ छ ।

विगतमा भएका राम्रा कार्यहरूलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए । सरकारले विपद् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । विपत् पुनर्निर्माणलाई कार्यतालिका बनाएर काम गर्ने र जोखिम न्यूनिकरण तथा पूर्वतयारीलाईमा सरकार प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ । सरकार नागरिक प्रति उत्तरदायी, पारदर्शी जवाफदेही भएर अघि बढ्ने उनको दाबी छ ।ब


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ