काठमाडौं महानगरका यी संस्थागत विद्यालयले गर्दैछन् नाम, स्थान र स्वामित्व परिवर्तन
थानकोट।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित केहि संस्थागत विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि दिएको निवेदनउपर दाबी–विरोध गर्न आह्वान गरेको छ ।
महानगरको शिक्षा विभागले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति वा संस्थालाई ३५ दिनभित्र आफ्नो दाबी वा विरोध लिखित रूपमा पेस गर्न अनुरोध गरेको हो ।
विभिन्न विद्यालयहरूले कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत नाम, स्थान र स्वामित्व परिवर्तनको प्रक्रिया अघि बढाएपछि महानगरमा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा महानगरले कुनै पनि सरोकारवालाको दाबी वा विरोध भए प्रमाणसहित पेस गर्न ३५ दिनको समय दिएको हो ।
यदि तोकिएको समयभित्र कुनै दाबी–विरोध नपरेमा निवेदकको मागअनुसार प्रक्रिया अगाडि बढाइने तर यो सूचना मात्रै परिवर्तनको अन्तिम स्वीकृति नभएको पनि महानगरले स्पष्ट पारेको छ ।
कुन विद्यालयको के हुँदैछ परिवर्तन














