थानकोट वृत्तमा दर्ता भएको मुद्दामा दुई वर्ष कैद सजाय भोगिसकेका साह फेरि समातिए

Thankot Times

थानकोट ।

प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको छ।

धनुषा मिथिला नगरपालिका–६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई लागूऔषध अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। उनी २०७९ जेठ १३ गते थानकोट प्रहरी वृत्तमा दर्ता भएको मुद्दामा दोषी ठहर भई दुई वर्ष कैद सजाय भोगिसकेका व्यक्ति हुन्। प्रहरीले उनको साथबाट १०० ग्राम खैरो हेरोइन र एउटा डिजिटल तराजु बरामद गरेको छ।

त्यसैगरी, बारा परवानीपुर गाउँपालिका–३ लिपनीमालकी २७ वर्षीया सेलो देवी रामलाई धनुषा मिथिला नगरपालिका–२ नक्टाझीबाट पक्राउ गरिएको छ। उनको साथबाट करिब १०८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंले जनाएको छ।

प्रहरीले दुवै घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *