भदाै १ गते आइतबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने चन्द्रागिरि नगरपालिकाको निर्णय
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा भदौ १ गते आइतबार स्थानीय सार्वजनिक बिदा हुने भएको छ ।
नगरको साउन २७ गते बसेको कार्यपालिका बैठकले भदाै १ गते श्रीकृष्ण जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
नगरका अधिकांश वडाहरूमा श्रीकृष्ण जात्रा मनाइने भएको हुँदा सो दिन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका निकाय एवं विद्यालयहरूमा अत्यावश्यक सेवा बाहेक सार्वजनिक बिदा दिने निर्णय भएको बिहीबार नगरबाट जारी सूचनामा उल्लेख छ ।
यसवर्ष साउन ३१ गते शनिबार श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ ।
सूचना हेराैं













