नेकपा एसमा वामदेव गाैतमलाई तेस्रो वरीयता, ३ जना पोलिट ब्यूरो सदस्य थपिए
थानकोट।
नेकपा (एकीकृत समाजवादी)को सातौँ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सचिवाल वैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयता तोकिएको हो ।
पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् ।
राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिइएको ज्वालाले जानकारी दिए । उनका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्युरो सदस्यको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन् ।













