बागमती प्रदेश सरकारमा पाँच जना मन्त्री थपिए

Thankot Times

थानकोट ।

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले पाँच मन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

यसअघि, बहादुरसिंह लामाले राजीनामा दिनुअघि उनकै पक्षका तीन जनालाई मन्त्री बनाउने सहमति जनाएका बानियाँले अहिले आफ्नो पक्षका सबैलाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री बानियाँले यसअघि शिवराज अधिकारी र कृष्ण लामालाई मन्त्री बनाएका थिए ।

शुक्रबार उनले कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, बिनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका छन् ।

उनीहरूको शपथ आजै हुने बताइएको छ ।

मुख्यमन्त्रीको कार्यालयले मन्त्रीहरूलाई शपथका लागि अपराह्न ४ बजे तयार रहन मौखिक जानकारी दिइसकेको बताइएको छ।

आफूसँगै शपथ गराएका मध्ये कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गरेका बानियाँले शिवराज अधिकारीलाई भने बिनाविभागीय मन्त्री बनाएका छन् ।

शुक्रबार सिफारिस गरिएका पाँचैजना संसदीय दलको चुनावमा बानियाँलाई भोट हालेका व्यक्ति हुन् ।

लामाले मन्त्रिपरिषद्‌बाट राजीनामा दिएर बानियाँलाई दलको नेतामा समर्थन जनाएका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामकुमार खड्काले पनि राजीनामा दिएका थिए ।

उनीहरूमध्ये कोही पनि नयाँ मन्त्रिपरिषद्‌मा दोहोरिएका छैनन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार, नवनियुक्त मन्त्रीहरूमध्ये श्रेष्ठलाई युवा तथा खेलकुद, नेपाललाई सामाजिक विकास, वादेलाई आन्तरिक मामिला तथा कानुन, तामाङलाई आर्थिक मामिला, रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी र बिनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

यी हुन् बानियाँ पक्षमा सांसद 
१) इन्द्रबहादुर बानियाँ
२) शिवराज अधिकारी
३) कञ्चनचन्द्र बादे
४) दिपेन्द्र श्रेष्ठ
५) पुकार महर्जन
६) बिनुरायमाझी पौडेल
७) यमुनादेवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९) शान्ता ढकाल
१०) प्रभात तमाङ
११) छिरिङदोर्जे लामा
१२) मीना पराजुली
१३) याङ्किला शेर्पा
१४) मीनकृष्ण महर्जन
१५) विमल ठकुरी
१६) मदुकुमार श्रेष्ठ
१७) सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९) श्रीराम लामिछाने
२०) सुना परियार
२१) श्यामबहादुर खड्का
२२) कृष्णबहादुर तामाङ

लामालाई सहयोग गर्नेहरू सांसदहरू
१) बहादुरसिंह लामा तामाङ
२) कुन्दनराज काफ्ले
३) उत्तम जोशी
४) लक्ष्मी श्रेष्ठ
५) रमेशकुमार महत
६) हरिप्रभा खड्गी
७) रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९) गिता गुरूङ
१०) मसिना खड्का
११) तिर्थ लामा
१२) रामकृष्ण चित्रकार
१३) माया श्रेष्ठ
१४) गोविन्द लम्साल
१५) समिता खड्गी


Leave a Reply

Your email address will not be published. Required fields are marked *