चन्द्रागिरिका ब्राइट एञ्जल्स, ब्राइट फ्यूचर र जेसिस स्कुल प्याब्सन जिल्ला स्तरीय नृत्यका लागि छनोट
थानकोट ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) चन्द्रागिरि नगर कार्यसमितिद्धारा आयोजित अन्तर विद्यालय तीज नृत्य प्रतियोगिताको शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न ११ वटा विद्यालयका विद्यार्थीहरू सम्मिलित भएका थिए जसमा चन्द्रागिरि नगरपालिका-०७ स्थित ब्राइट एञ्जल्स स्कुल पहिलो भयो ।
यस्तै, चन्द्रागिरि नगरपालिका नैकापको ब्राइट फ्युचर मावि दोश्रो हुँदा चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलको जेसिस इन्टरनेशनल स्कुल तेस्रो बन्यो ।
प्रतियोगितामा माउण्ट सगरमाथा ब्रिलियन्ट एकेडेमी, गोल्डेन फ्लावर गार्डेन स्कुल, ज्ञान सुधा एकेडेमी, बेसिक लर्निङ्ग इङ्लिस सेकन्डरी स्कुल, सनसाइन स्कुल, हाई न्यू भिजन एकेडेमी, प्याराडाइज रिडर्स एकेडेमी तथा रोडोडेन्ड्रोन इन्टरनेशनल बोर्डिङ स्कुलले समेत सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेता तथा सहभागीहरूलाई चन्द्रागिरि नगरपालिका उपमेयर बसन्ती श्रेष्ठ, नगरको शिक्षा युवा तथा खेलकुद शाखाका सुजनराज खनाल, बुद्धि प्रसाद भट्ट लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताले विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष एवं जेसिस इन्टरनेशनल स्कुलका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए।
प्रतियोगितामा शीर्ष तीन स्थानमा रहेका विद्यालयले प्याब्सन काठमाडाैंद्धारा आयोजना हुने नृत्य प्रतियोगितामा सहभागिताका लागि अवसर पाएका छन् ।
सो प्रतियोगिता भदाै ६ गते हुने प्याब्सन काठमाडाैं जिल्ला समितिले जनाएको छ ।













