विरंगना कीर्तिलक्ष्मीको शालिक अनावरण गरिँदै

Thankot Times

थानकोट ।

विरंगना कीर्तिलक्ष्मीको शालिक अनावरण हुने भएको छ ।

कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका संयोजक नजरराम महर्जनका अनुसार भोलि शनिबार (साउन ३१) दिउँसो २ बजे कीर्तिपुर नगरपालिका १ वडा बाघभैरव आःजु द्यः प्रांगणमा कीर्तिलक्ष्मीको प्रतिमा अनावरण हुनेछ ।

शालिक बागमती प्रदेश सांसद पुकार महर्जनले अनावरण गर्ने कार्यक्रम छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा १२ वर्षे युद्धको दौरानमा कीर्तिलक्ष्मीले तेस्रो युद्धमा गोरखाली सेनासँग विरताका साथ युद्ध लड्ने महिला योद्धाको रुपमा चित्रित भएको इतिहास छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *