नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त
थानकोट ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् ।
यसअघिका प्रमुख सचेतक कञ्चनचन्द्र वादे मन्त्री नियुक्त भएपछि संसदीय दलका नेता इन्द्र बानियाँले महर्जनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
महर्जन काठमाडाैं क्षेत्र नं. १० प्रदेश क बाट निर्वाचित सांसद् हुन् ।













