आज शनिबार कतै यात्रा गर्ने सोंचमा हुनुहुन्छ ? यस्तो छ दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
देशका केही भू-भागका आज वर्षाको सम्भावना रहेको छ ।
मनसुनी प्रणाली कमजोर भएकाले भारी वर्षाको भने सम्भावना छैन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपशचिम प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ ।
बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी तराई भू-भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोसी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र बाँकी तराई भू-भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।












