नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर, महामन्त्रीमा धादिङका रामबहादुर थापामगर

Thankot Times

थानकोट ।

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

संघको तेस्रो अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएको हो ।

संघको अधिवेशन हिजोबाट सुरु भएको थियो ।

शनिबार बिहान सकिएको अधिवेशनले खोटाङका इच्छु राम रानामगर सभापति रहनेगरी ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपसभापतिमा ३ सदस्य छन् भने १ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष छन् ।

संघको यसपटकको कार्यसमितिमा ३१ जनाको प्रतिनिधित्व रहेको छ। घोषित कार्यसमितिअनुसार संघको सभापतिमा खोटाङका इच्छु राम थानामगर चयन भएका छन्। उपसभापतिमा काठमाडौँका कृष्ण थापामगर र बाँकेकी उमा थापामगर र रुकुम पश्चिमका जनक कुमार वाँठामगर निर्वाचित भएका छन् ।

महामन्त्रीमा धादिङका रामबहादुर थापामगर तथा सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन र सरिता रानामगर चयन भएका छन् । कोषाध्यक्षमा गायत्री रानामगर चयन भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *