ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले भदाै ६ गते थानकोटमा रक्तदान शिविर सञ्चालन गर्ने
थानकोट ।
राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य स्मृति एवं विश्व भातृत्व दिवसको अवसरमा रक्तदान शिविर सञ्चालन हुने भएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र थानकोट शाखामा यही भदाै ६ गते थानकोटमा रक्तदान शिविर सञ्चालन गर्न लागेको हो ।
उक्त शिविर बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म सञ्चालन हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्र थानकोट शाखाले जनाएको छ ।













