पब्लिक क्याम्पस संघका पदाधिकारीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर के भने ?

Thankot Times

थानकोट ।

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस सङ्घका पदाधिकारीहरूले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सो संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा शनिबार बुढानिलकण्ठ पुगेको टोलीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग सामुदायिक क्याम्पसहरूका साझा समस्याका बारेमा अन्तर्क्रिया गरेको बताइएको छ ।

सो क्रममा संघका तर्फबाट त्रिभुवन विश्वविद्यालयले विषय तथा कार्यक्रमको सम्बन्धन खुलाउनुपर्ने, सामुदायिक क्याम्पसहरूको स्तर निर्धारणकाे कार्यान्वयनका लागि कार्यदल गठन गरी प्रकृया अगाडि बढाउन शिक्षामन्त्रीकाे ध्यानाकर्षण गराउनुपर्ने, सामुदायिक क्याम्पसहरूबाट भइरहेको जग्गाका भाेगाधिकारको विषय, विश्वविद्यालय अनुदान आयोगमा रिक्त सदस्य सचिवको नियुक्ति लगायतका विषयमा पूर्वप्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराइएको संघका महासचिव गोविन्द बहादुर कार्कीले जानकारी दिए ।यस्तै, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले कार्यकक्षमा बसेर काम गर्ने परिस्थिति नभएकोले सो अवस्थाको निराकरणका लागि संघले देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

सो पश्चात पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पब्लिक क्याम्पस संघका तर्फबाट अघि सारिएका विषयका बारेमा निष्कर्षमा पुग्न त्रिवि का उपकुलपति प्रा. डा. दीपक अर्यालसँग यथासिघ्र संयुक्त छलफल गर्ने आश्वासन दिएको संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ