रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागार लगियो
थानकोट ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका निम्ति रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागारमा स्थानान्तरण गरिएको छ ।
लामिछानेलाई शनिबार (साउन ३१) रुपन्देही कारागारबाट नख्खु लगिएको हो ।
लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थल र नख्खु कारागारबाहिर ठूलो संख्यामा समर्थक जम्मा भएका थिए । नक्खु कारागार पुर्याउँदा लामिछाने समर्थकले उनका पक्षमा नाराबाजी गरेका थिए ।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका निम्ति रुपन्देही कारागारमा थुनामा थिए ।
लामिछानेले नक्खु कारागारमा स्थानान्तरणका निम्ति जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।
अदालतले अनुमति दिएको लामो समयपछि कारागार व्यवस्थापन विभागले शुक्रबार (साउन ३०) स्थानान्तरणको निर्णय गरेको थियो ।
हिमालयन टेली भ्वाइसबाट













